रौतहटमा तीर्थालु चढेको जीप दुर्घटना, एक तीर्थालुको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २५ साउन २०७८, १० : ०५
रौतहटमा तीर्थालु चढेको जीप दुर्घटना, एक तीर्थालुको मृत्यु

रौतहट । रौतहटमा सोमबार बिहान बलेरो  पिकअप गाडी नुनथर नजिकै नहरमा दुर्घटना हुँदा एक जना तीर्थालुको ज्यान भएको छ। ५ जना घाइते भएका छन् ।

बाराको गढीमाई नपाकी ४५ वर्षीया मिनादेवी कोइरीको ज्यान गएको हो।  बिहान करिब साढे ४ बजे रौतहट चन्द्रपुर १ नुनथर जाने बाटोको नहरमा उक्त जिप दुर्घटनामा परेको थियो । 

बारा जिल्लाबाट बोलबम आएर बाग्मती नदिबाट जल बोकी फर्कने क्रममा ना ५ च ३१६६ नं को बलोरो पिकअप नुनथर जाने बाटोको नहरमा अनियन्त्रित दुर्घटना भएको हो। सो गाडीमा सवार ५ जना घाइते भइ चन्द्रपुरमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस