काठमाडौं । यस पटक ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीले माध्यामिक तह कक्षा १० (एसइई) को परीक्षा दिएका थिए। बोर्डले ११ हजार ६ सय विद्यालयले पठाएको नतिजालाई प्रमाणीकरण गरि शनिबार नतिजा प्रकाशित गरेको छ।
तर आफैले सर्वाजनिक गरेको नतिजा सञ्चारकर्मी र सञ्चार क्षेत्रमा उपलब्ध नगराउनु विद्यालयले दिएको अस्वभाविक अंकलाई ढाकछोप गरेको शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइ छ।
विद्यालयले आफू अनुकुल विद्यार्थीलाई नम्बर दिएका थिए। त्यहीँ भएर २०७२ सालदेखि सुरु भएको ग्रेडिङ प्रणालीको नतिजामा २०७३ मा दुई, चार विद्यार्थीले मात्रै जिपिए ४ ल्याएका थिए। तर यस पटक हजारौं विद्यार्थीको जिपिए ४ आएको र विद्यालयको बदमासी भएको शिक्षाविद कोइरालाले बताए। विद्यालयको बदमासीलाई लुकाउन बोर्डले विश्लेषनात्मक सूचना सार्वजनिक नगरेको उनको आरोप छ। देशभरिको नतिजा प्रमाणीकरण गर्ने परीक्षा बोर्डले किन नतिजा उपलब्ध गराएन ? यसको अर्थ बदमासी भएको प्रष्ट हुन्छ उनको भनाइ छ।
यसपटक ८ हजार चार सय ४४ जना विद्यार्थीले जिपिए ४ ल्याएका छन्। कोरोना जोखिमका कारण गत वर्षदेखि सरकारले एसइई परीक्षाको सञ्चालन, व्यवस्थापन तथा मूल्यांकनाको अधिकार सम्बन्धित विद्यालयलाई दिएको छ। विद्यालयहरूले आन्तरिक मूल्यांकनको आधारमा अंक दिँदै आएका छन् ।
‘विद्यालयलाई अधिकार दिएसाथै ह्वात्तै जिपिए ४ ल्याउनेको संख्यामा वृद्धि हुनुले विद्यालयले बदमासी गरेको प्रष्ट देखिन्छ,’ शिक्षाविद कोइरालाले भने, ‘विद्यालयको बदमासी ढाकछोप गर्न परीक्षा बोर्डले नतिजा विश्लेषण पनि गरेन र नतिजा उपलब्ध पनि नगराएको होला।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २५ साउन २०७८, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसइईको पहिलो दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु
आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी
एसइई परीक्षाको तयारी पूरा, ५ लाख १२ हजार विद्यार्थी सहभागी हुँदै
एसइईको समय तालिका सार्वजनिक
१४ वर्ष उमेर पूरा नभई माध्यमिक शिक्षा परीक्षा-एसइई दिन नपाइने
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा