काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् ।
यसअघि शनिबार १ सय ६९ जना भेन्टिलेटर र ७ सय ४६ जना आईसीयूमा उपचाररत रहेका थिए । गत शुक्रबार १ सय ५८ जना भेन्टिलेटर र ७ सय ३२ जना आईसीयूमा उपचाररत रहेका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १ सय ५८ जना भेन्टिलेटरमा र ७ सय १३ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र वीर अस्पतालमा आठ÷आठ जना, टेकु अस्पतालमा १७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११, पाटन अस्पताल ललितपुरमा तीन, निजामती कर्मचारी अस्पतालमा एक र धुलिखेल अस्पतालमा चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २५ साउन २०७८, ०५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी
थानकोटमा १ अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोग अस्पताल बन्दै
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै