कोभिशिल्ड लगाएका १४ लाख नेपालीलाई अस्ट्राजेनिका खोप दिइने

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, ०८ : ३१
कोभिशिल्ड लगाएका १४ लाख नेपालीलाई अस्ट्राजेनिका खोप दिइने

काठमाडौँ । सरकारले भोलि सोमबारदेखि १४ लाख नेपाली नागरिकहरुलाई अस्ट्राजेनिका खोप दिने भएको छ।

पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जानकारी दिएको छ। 

दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका करिब १४ लाख  नागरिकलाई अस्ट्राजेनिकाको खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साउन २५ गतेदेखि अस्ट्राजेनिका खोप अभियान सुरू हुँदैछ ।

प्रतिक्रिया दिनुहोस