काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालबीच मौसमजन्य विपत्तिले देशभर परेको प्रभाव न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका बारेका छलफल भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा मौसमजन्य विपत्तिलाई सदनमार्फत कसरी न्यून गर्ने भन्नेबारेमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा केन्द्रित भएर कुराकानी भएको बताइएको छ । यस वर्षको मनसुन शुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । उनिहरुबिच मनसुन जारी रहेकाले सिन्धुपाल्चोकलगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि चाल्नुपर्ने उपायका बारेमा सरकारी प्राथमिकताका केकस्तो हुने भन्नेमा छलफल भएको हो ।
सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसङ्ख्या यस वर्षको अप्रत्यासित बाढी पहिराका कारण विस्थापित भएको छ । सभामुख सापकोटाले संसद्को चालू अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २२ साउन २०७८, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल सुरु
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
प्रधानमन्त्रीसँगको छलफलमा दलहरूबाट को-को सहभागी हुँदैछन् ?
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
भूमि विधेयकमाथिको छलफल स्थगित
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल