योगेश भट्टराईले आफ्नै पक्षका पत्रकार सम्झाउन नसकेपछि....

'ओलीले पार्टी एकता भत्काउने, संसद विघटन गरेर प्राप्त उपलब्धी दाउमा राख्ने र सबै भताभुंग पार्ने काममा लागेको सम्म भन्न भ्याए'

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १० : १०
योगेश भट्टराईले आफ्नै पक्षका पत्रकार सम्झाउन नसकेपछि....

काठमाडौं । एमालेभित्र एकता, एकता एकताको कुरा गर्ने नेता हुन् – योगेश भटटराई । माधव नेपाल समुहका भएपनि माधव नेपाल समुहले लिएको सामुहिक निर्णय प्रक्रियाबाटै अलग हुन थालेका नेता पनि हुन्, उनी । केपी ओलीको ’प्रतिगामी‘ कदमको विरुद्ध माधव नेपाल समुहले उनलाई सत्ताबाट च्यूत गर्ने निश्कर्ष निकाल्यो । संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आव्हान गर्दा नेपाल समुहका नेताहरुले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरे ।

 त्यो संविधानको धारा कुनै पनि सांसदले दलीय ह्विप विनै स्वविवेकी अधिकार प्रयोग गरेर संसदबाटै सरकार खोज्न सकिन्छ भने खोज्न सकिने आसयसँग सम्बन्धित थियो । त्यसपछि नेपाल समुहका २६ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिदिए । तर योगेशले हस्ताक्षर गर्न मानेनन् । त्यसबेला देखि उनलाई कतिपय नेपाल समुहकै नेताहरुले ओलीको कारिन्दा भएको बताउन थालेका थिए । त्यसपछि पनि ओलीले गरेको संसद विघटनको विरोधमा नेपाल समुहले कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीसँग मिलेरै सर्वोच्च अदालतसम्म पनि संसद पूर्नस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग गदै पुगे । तर यी सबै प्रक्रियामा योगेश अलग थिए ।

उनी अब एमालेको एकता मात्रै विकल्प भएको भन्दै काँग्रेस, माओवादी केन्द्रसँग मिलेर हिड्न नहुने मत राखिरहेका थिए । हेर्दा उनी नेपाल समुहमा थिए, तर नेपाल समुहका स्थायी कमिटि सदस्य मध्येमा सबैभन्दा बढी ओलीको प्रवक्ता बनेर योगेश नै निस्किएका थिए । उनी निरन्तर आफनो समुहका दोस्रो पुस्ताका नेताहरुलाई ओलीतिर पठाउने रणनीतिमा लागे । आफु पनि ओलीतिरै जानका लागि उनले कुनै न कुनै सेफल्यान्डिङ खोजिरहेका थिए । एमालेको विवाद मिलाउन कार्यदल बनाउने, कार्यदलबाट एउटा निश्कर्ष निकाल्ने र त्यही आधारमा ओलीसँग मिलेर सेफल्यान्डिङ खोज्नुपर्नेमा योगेश थिए ।

चुपचाप योगेशका कुरा सुनिरहेका पत्रकारहरुलाई योगेशले ओली समुह बाहिर नराम्रोसँग नांगिएको र आफुहरुको समुहका नेताहरु बौद्धिक भएको, बाहिर राम्रो छवि भएका नेताहरु रहेकोले क्रमशः ओलीको भुलभुलैयामा रहेकाहरु पनि आफ्नो समुहमा आउने र पार्टी आफुहरुको कब्जामा आउने सम्मको विश्लेषण योगेशले त्यस दिनको छलफलमा पत्रकारहरुलाई सुनाएका थिए । त्यसपछि उनले एमालेको नेपाल समुहका पत्रकारले नेपाल सहितलाई पनि एकतामा जान सुझाउनुपर्ने र एमालेभित्रै रहेर अन्तरसंर्घष गर्नुपर्ने बताएका थिए । अहिले जसरी हुन्छ, एकता गराउनुपर्छ, तपाईहरुले पनि त्यही अनुसारको भूमिका खेल्नुपर्ने देखिएको छ, योगेशले पत्रकारसँग भनेका थिए ।

त्यही क्रममा उनले आफ्नो अति विश्वासपात्र सिन्धुलीका गणेश पहाडीलाई ओली सरकारमा रहँदा नै सामान्य प्रशासन मन्त्रीका रुपमा ओली क्याम्पमा प्रवेश गराएका थिए । त्यस अगाडी नै कतिपय नेतालाई ओलीतिर पठाउने योजनामा योगेश लागिरहेका थिए । नेपाल समुहमा रहेका पत्रकारलाई पनि ओली समुहसँग मिलाउने रणनीतिमा चार दिन अगाडी उनले काठमाडौंको एक होटेलमा पत्रकारहरुको जमघट गराएका थिए । नेपाल समुहका पत्रकारहरु विश्वमणि सुवेदी, राजेश राइ, नरेन्द्र साउद, सुरोजंग पाण्डे, सइन्द्र राई, माधव पौडेल लगायतका पत्रकार नेताहरुलार्इ त्यो जमघटमा भट्टराईले निम्तो गरेका थिए ।

सहभागी एक पत्रकारका अनुसार, शुरुमा उनले एमाले माओवादी एकता पछिको पार्टीभित्रको अवस्था देखि नेकपा हुँदा प्रचण्डको अध्यक्षतामा २०७६ माघमा बसेको केन्द्रीय कमिटि बैठक सम्मको अवस्थाका बारेमा धारणा राखेका थिए । केन्द्रीय कमिटिको बैठक पछि त्यसबेला प्रधानमन्त्री समेत रहेका ओलीपक्षका नेताहरुले गौशालाको मदन भण्डारी फाउन्डेसनको हलमा बसेर पार्टीभित्र गुट चलाउने, नेपाल र प्रचण्ड पक्षलालाई पेलेर जाने रणनीतिका विषयमा गरेको छलफल पछि पार्टीभित्र बिग्रिएको वातावरण सम्मको राजनीतिको ब्याख्या गरेका थिए ।

त्यसपछि ओलीले पार्टी एकता भत्काउने, संसद विघटन गरेर प्राप्त उपलब्धी दाउमा राख्ने र सबै भताभुंग पार्ने काममा लागेको सम्म भन्न भ्याएका थिए । योगेशको विश्लेषणमा तर ओली यतिबेला निक्कै कमजोर अवस्थामा छन् । उनले एमालेभित्रै एकतामा जसरी पनि जानुपर्ने, सक्दा सम्मानजनक एकताको कुरा गर्ने, नभएपनि जुन परिस्थिती बनेपनि एमाले छोड्न नहुने र एकतामै जानुपर्ने भन्दै त्यसपछि एमालेमा आफुहरु नै हावी हुने सम्मको योजना सुनाएका थिए ।

चुपचाप योगेशका कुरा सुनिरहेका पत्रकारहरुलाई योगेशले ओली समुह बाहिर नराम्रोसँग नांगिएको र आफुहरुको समुहका नेताहरु बौद्धिक भएको, बाहिर राम्रो छवि भएका नेताहरु रहेकोले क्रमशः ओलीको भुलभुलैयामा रहेकाहरु पनि आफ्नो समुहमा आउने र पार्टी आफुहरुको कब्जामा आउने सम्मको विश्लेषण योगेशले त्यस दिनको छलफलमा पत्रकारहरुलाई सुनाएका थिए । त्यसपछि उनले एमालेको नेपाल समुहका पत्रकारले नेपाल सहितलाई पनि एकतामा जान सुझाउनुपर्ने र एमालेभित्रै रहेर अन्तरसंर्घष गर्नुपर्ने बताएका थिए । अहिले जसरी हुन्छ, एकता गराउनुपर्छ, तपाईहरुले पनि त्यही अनुसारको भूमिका खेल्नुपर्ने देखिएको छ, योगेशले पत्रकारसँग भनेका थिए ।

त्यसपछि भने छलफलको अन्ततिर नेपाल समुहका पत्रकारका लिडर विश्वमणि सुवेदीले योगेश दाईले जे जति धारणा राख्नभयो, त्यो आफ्नो विचार समुहको धारणा नभर्इ नीजि धारणा मात्र रहेको बताईदिएका थिए । त्यसपछि भने एउटा माहोलमा शुरु भएको छलफल खिस्रिक्क अनुहारमा योगेश उठेर हिड्नुपर्ने अवस्थामा पुगेको सहभागी एक पत्रकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस