मेस्सीले बार्सिलोना छाड्दै

एजेन्सी

शुक्रबार, २२ साउन २०७८, ०७ : ३०
मेस्सीले बार्सिलोना छाड्दै

एजेन्सी । बार्सिलोनाका कप्तान समेत रहेका अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीले क्लब छाड्ने भएका छन् । क्लबसँग उनको करार समाप्त भएपछि उनले नयाँ सिजन अघि नैसम्झौता गर्ने अपेक्षा गरिएको थियो ।

तर क्लबले उनको करार नवीकरण नगर्ने बिहीबार घोषणा गरेको हो । क्लबले भनेको छ, ‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित आज छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधाका कारण त्यो सम्भव हुन सकेन ।

‘यस अवस्थाका कारण मेस्सी बार्सिलोनामा रहने छैनन् । क्लब र खेलाडीको इच्छा अन्ततः पुरा नभएकोमा दुवै पक्ष निकै दुःख व्यक्त गर्दछ ।’