मुलुकलाई बैकल्पिक मार्गबाट अघि नबढाए दुर्घटना : कमल थापा

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १७ : ४३
मुलुकलाई बैकल्पिक मार्गबाट अघि नबढाए दुर्घटना : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिडिरहेको मार्गबाट मुलुक शान्ती, स्थायित्व र समृद्धि तर्फ नजाने त्यसको निमित्त वैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् । पार्टीको स्थानिय तह निर्बाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाईदिएको भारी भयको बताए।

नेपालको राष्ट्रिय राजनितिमा राप्रपालाई बलियो  राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपालाई स्थापित गराउने भन्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजा सहितको प्रजातन्त्र , सनातन हिन्दु राष्ट्र र स्थानिय स्वायत्त शासनमा आधारित विकेन्द्रीत शासन प्रणाली मुलुकको निमित्त आवश्यक भएको दावी गरे ।

स्पष्ट बिचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेतारकार्यकर्ता पार्टीको पुँजि भएको भन्दै थापाले इमानदारीता पुर्वक निर्वाचन केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।

विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न स्वाधीनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको थापाको तर्क थियो । आजको भर्चुअल बैठकमा गण्डकी सहित प्रदेश ५, ६ र ७ प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।