काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिडिरहेको मार्गबाट मुलुक शान्ती, स्थायित्व र समृद्धि तर्फ नजाने त्यसको निमित्त वैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् । पार्टीको स्थानिय तह निर्बाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाईदिएको भारी भयको बताए।
नेपालको राष्ट्रिय राजनितिमा राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपालाई स्थापित गराउने भन्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजा सहितको प्रजातन्त्र , सनातन हिन्दु राष्ट्र र स्थानिय स्वायत्त शासनमा आधारित विकेन्द्रीत शासन प्रणाली मुलुकको निमित्त आवश्यक भएको दावी गरे ।
स्पष्ट बिचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेतारकार्यकर्ता पार्टीको पुँजि भएको भन्दै थापाले इमानदारीता पुर्वक निर्वाचन केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह गरे ।
विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न स्वाधीनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको थापाको तर्क थियो । आजको भर्चुअल बैठकमा गण्डकी सहित प्रदेश ५, ६ र ७ प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० साउन २०७८, १७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र
पीएसओ खोसिएकोबारे राप्रपाले गर्यो सभामुखको ध्यानाकर्षण
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक