काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कार्कीडाँडास्थित भित्री कच्ची सडकमा आज दिउँसो भएको जीप दुर्घटनामा नौ जना घाइते भएका छन् ।
हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको ग२च ४०३४ नम्बरको जीप ब्रेक फेल भई नालीमा पल्टिँदा जीपमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये छ जनालाई पोखरा पठाइएको छ भने तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १९ साउन २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु