काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रुपमा अगाडी बढाउने बताएका छन् ।
आन्दोलन र अभियानको क्रममा संगठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने थापाले बताए । पार्टीको स्थानीय तह निर्बाचन परिचालन समितीको आयोजनामा आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै समिती संयोजक समेत रहेका थापाले स्थानीय निकाय निर्बाचनको तयारीलाई तिब्रता दिन समेत थापाले सहभागीहरुलाई आग्रह गरे ।
महाधिवेशन अघि पार्टीको स्थानीय तह गठन,पुनर्गठन र अधिबेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आबश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार , सर्बसत्ताबाद, धर्मपरिबर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउदै पार्टी आन्दोलित हुने बताए ।
राप्रपालाई अग्रणी राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउनको निमित्त सबैले शसक्त भुमिका निर्बाह गर्नुपर्नेमा थापाको जोड थियो । महाधिवेशन ,स्थानिय निकाय निर्बाचन र संसदिय निर्बाचन दृष्टिगत गर्दै कार्ययोजना अनुरुप कार्यतालिका बनाएर प्रभाबकारी रुपमा परिचालित हुन थापाको आग्रह थियो ।
थापाको संयोजकत्वमा केही समय अघि परिचालन समिती गठन भएको थियो । आजको बैठकमा प्रदेश १, २ र बागमती प्रदेशको पार्टीका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा केन्द्रिय सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान ,भाष्कर भद्रा, प्रदेश अध्यक्षहरु र समितका सदस्यहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र
पीएसओ खोसिएकोबारे राप्रपाले गर्यो सभामुखको ध्यानाकर्षण
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक
निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास