अफगानिस्तान । अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकू मारिएका छन् । त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२ जना लडाकू घाइते भएका गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
सुरक्षाबल र तालिबान लडाकूबीच छ दिनसम्म जारी रहेको झडपपछि सुरक्षाबलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात शहरको छिमेकमा रहेक कयौँ शहर पुनःकब्जामा लिएका छन् ।
सुरक्षाबलले तालिबान लडाकूबाट दुईवटा पुल पुनःनियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
गत बिहीबारबाट तालिबान लडाकूले हेरात शहरको दक्षिणी र पूर्वीभागबाट आक्रमण शुरू गरेर पूरै शहर कब्जा गर्न खोजिरहेका थिए ।
अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकूले सरकार विरोधी लडाईलाई तीव्र बनाएको छ र तालिबान लडाकूले हालसालै प्रमुख शहर नियन्त्रणको लागि दबाब बढाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १९ साउन २०७८, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट