दार्चुला । दार्चुला घटनाबारे गृहमन्त्री खाँणले भने, ‘छानविन समिति बनाएका छौँ, सत्यतथ्य बाहिर ल्याउँछौँ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाको अनुसन्धान गर्न छानविन समिति बनाइएको बताए । उनले छानविन समितिलाई घटनास्थलतर्फ पठाएर अनुसन्धान सरु भइसकेको बताए ।
दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले खोजतलास भइरहेको र फेला पार्न नसकिएको उनले जानकारी दिए । संसद बैठकमा आज विशेष समय लिएर बोल्दै गृहमन्त्री खाणले घटनाको सत्यतथ्या अनुसन्धान गरी छिटै बाहिर ल्याृउने बताए । उनले भारतीय सशस्त्र प्रहरीले तुइन धामी खसेको हो भन्ने काुुरा खुलाएनन् ।
तुइन तर्ने क्रममा खसेर मृत्यु भएको भनी जिल्ला प्रहरी कार्यालय दार्चुलामा निवेदन दिएका छन् । तुइन तरेर पारी पुगेका तीन जनासँग जानकारी लिने काम भइरहेको गृहमन्त्री खाँणले बताए । उक्त घटनाका सम्वन्धमा छानविन गर्न सरकारले गठन गरेको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको खाणले जानकारी दिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग