दार्चुला । दार्चुला घटनाबारे गृहमन्त्री खाँणले भने, ‘छानविन समिति बनाएका छौँ, सत्यतथ्य बाहिर ल्याउँछौँ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाको अनुसन्धान गर्न छानविन समिति बनाइएको बताए । उनले छानविन समितिलाई घटनास्थलतर्फ पठाएर अनुसन्धान सरु भइसकेको बताए ।
दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले खोजतलास भइरहेको र फेला पार्न नसकिएको उनले जानकारी दिए । संसद बैठकमा आज विशेष समय लिएर बोल्दै गृहमन्त्री खाणले घटनाको सत्यतथ्या अनुसन्धान गरी छिटै बाहिर ल्याृउने बताए । उनले भारतीय सशस्त्र प्रहरीले तुइन धामी खसेको हो भन्ने काुुरा खुलाएनन् ।
तुइन तर्ने क्रममा खसेर मृत्यु भएको भनी जिल्ला प्रहरी कार्यालय दार्चुलामा निवेदन दिएका छन् । तुइन तरेर पारी पुगेका तीन जनासँग जानकारी लिने काम भइरहेको गृहमन्त्री खाँणले बताए । उक्त घटनाका सम्वन्धमा छानविन गर्न सरकारले गठन गरेको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको खाणले जानकारी दिए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो