काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
आज बिहान प्रचण्ड र नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता भएको हो । उनीहरुबीच नेपाल निवासमा नभई कोटेश्वरस्थित एक नेताको निवासमा भेटघाट भएको बताइएको छ ।
छलफलको विषयवस्तु भने खुलाइएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने चर्चा चलिरहेका बेला दुई नेताको भेट भएको हो । ओली र नेपालबीच आज भेटवार्ताको तयारी रहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना