काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले सञ्चालन भइरहेको त्रिविअन्तर्गतका कुनै पनि वार्षिक परीक्षा नरोक्ने स्पष्ट पारेको छ। सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षाका विषयसम्बन्धी सबै कार्यक्रमबारे सोच्नुपर्ने बताएपछि त्रिविले यस्तो स्पष्ट पारेको हो।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा नरोक्ने बताए। उनले भने,‘मन्त्रालयले जे भने पनि हाम्रो परीक्षा सकिन लागेको छ,अब तीन वटा जति मात्रै बाँकी छ,त्यसैले परीक्षा रोक्दैनौँ,परीक्षार्थीहरू नअलमलिन अनुरोध गर्छु।’
अहिले कोरोनाले रोकिएको स्नातक तहको प्रथम वर्षको परीक्षा सञ्चालन भइरहेको छ। राज्यमन्त्री श्रेष्ठले कोरोना संक्रमण बढ्दै गएकाले विश्वविद्यालय र कक्षा-१२ परीक्षाबारे आन्तरिक मूल्यांकनबाट समेत जान सकिने भन्दै परीक्षालाई व्यवस्थित गर्नलाई रोक्न सकिने भनाइ राखेका थिए। कक्षा-१२ को परीक्षा भने साउन ३१ गतेदेखि सुरु गर्नेगरि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ साउन २०७८, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो