एमालेको स्थायी कमिटीको बैठक आज बस्दै, यी हुन् एजेन्डा

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १० : ३५
एमालेको स्थायी कमिटीको बैठक आज बस्दै, यी हुन् एजेन्डा

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । हिजो (शनिबार) बस्ने भनेर अन्तिम समयमा स्थगन गरिएको नेकपा एमालेको स्थायी कमिटीको बैठक आज आइतबार  दिउँसो ३ बजे ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण सम्बन्धमा छलफल गर्ने तयारी रहेको । पार्टी एकताको विषयको एजेन्डामा पनि आज छलफल हुने छ । एमाले ओली पक्षले माधव नेपाललाई एकताको पक्षमा आजसम्मको अन्तिम डेटलाइन दिएको छ । 

एकता प्रक्रिया अघि बढाउन भन्दै विघटित कार्यदलका नेताहरूको आग्रहपछि हिजो बैठक स्थगन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए। 

यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि विघटित कार्यदलका सदस्यहरुको हिजो सिंहदरबारमा बसेको अनौपचारिक छलफलपछि बैठक स्थगन गर्न आग्रह गरिएको बताएका थिए।
 

प्रतिक्रिया दिनुहोस