चितवनमा एकैदिन सात संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १६ : ५७
चितवनमा एकैदिन सात संक्रमितको मृत्यु

चितवन । चितवनका दुई अस्पतालमा आज सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा ६ जना, पुरानो मेडिकल कलेजमा एक जना गरी सात जना संक्रमितको आज मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

कोरोना संक्रमणबाट उपचारको क्रममा मृत्यु हुनेमा चितवनको चार जना छन् । मकवानपुरको दुई जना र नवलपरासीको एक जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

त्यस्तै चितवनको विभिन्न अस्पतालमा २१० जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ६८ जना, भेन्टिलेटरमा १४ जना, एचडीयूमा ५४ जना र सामान्य बेडमा ८८ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस