काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको खोप सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन ।
आज काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयले गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा घोषणा गरेको खोपको प्राथमिकता व्यवहारमा देखिनुपर्ने बताए ।
उनले प्रधानमन्त्री देउवाले संसदमा विस्वासको मत लिने क्रममा सबै नेपालीलाई कोरोनाको खोप लगाउने आफ्नो पहिलो प्राथमिकता भएको बताउनु सकारात्मक भएपनि व्यहारमा ल्याउन सुझाव दिए । नेता सिंहले कोरोनाको पहिलो डोज खोप मात्र लगाएका धेरैले आफूलाई दोस्रो डोजको बारेमा जिज्ञासा राखेकाले सरकारको प्राथमिकता खोपमै हुुुनुपर्ने तर्क गरे ।
कार्यक्रममा कांग्रेसका संस्थापकमध्येका एक नेता गणेशमान सिंहको अगुवाइमा स्थापना भएको क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ साउन २०७८, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि