काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला वली सम्पर्कविहीन भएका नेकपा माओवादी केन्द्रले जनाएको छ । नेकपा हुँदा सूर्य चिह्नबाट चुनाव जितेकी वलीले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् ।
लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर ‘वसन्त’ले सांसद वली शुक्रवार बिहानदेखि सम्पर्कविहीन रहेका जानकारी दिए । उनले सांसद वलीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको बताए ।सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरिएको छ ।
जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन । दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ साउन २०७८, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी