काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने बताउनुभएको छ ।
खिर खाने कार्यक्रममा अज उहाँले १० बुँदे सहमतिअनुसार नै पार्टी एकता कायम गर्न अधिकतम लचकता अपनाउने बताउनुभयो ।
एकता गर्ने नाममा अनिश्चिता नराख्ने उहाँको भनाइ छ । “देशभरिका नेता कार्यकता, पार्टीका समर्थकले पनि अनन्त, अनिश्चिता राख्नु हुँदैन भन्ने भावना प्रकट गर्नुभएको छ”, उहाँले भन्नुभयो, “त्यसैले कार्यदल सहमति गरेको १० बुँदे प्रस्तावलाई नै कार्यन्वयन गरेर पार्टी एकता चाँडै गर्नुपर्दछ ।”
महासचिव पोखरेलले पार्टीका शीर्ष नेताको सहमतिमा नै दुवै पक्षको कार्यदलले १० बुँदे सहमति गरेको उल्लेख गर्दै १० बुँदे सहमति कार्यन्वयन गर्ने तदारुकता नदेखिएकाले एकतालाई निष्कर्षमा पु¥याउन नसकिएको स्पष्ट पार्नुभयो ।
“शुक्रबारसम्म कार्यदलसँग सम्बन्धित सबै साथीलाई पार्टी अध्यक्षले १० बुँदे सहमति कहाँ अडकिएको छ, विचार नमिलेको कुरा ल्याउनुहोस्, ती कुरालाई छलफलबाट सहमति गर्न सकिन्छ भन्नुभएको छ”, उहाँले भन्नुभयो, “सम्भवत आज बेलुकासम्म केही कुरा होला । त्यो नभएपनि हामी नरोकि अगाडि बढ्छौँ ।”
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १५ साउन २०७८, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले देश बनाउने शक्ति : ईश्वर पोखरेल
‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’ : ईश्वर पोखरेल
काठमाडौं-५ का मतदातासँग ईश्वर पोखरेलले मागे सुझाव
एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको छ: ईश्वर पोखरेल
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल