म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । धवलागिरी –७ बादिका ताकमदेखि दरबाङहुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बादिकाको भीरबाट खसेको हो ।
दुर्घटनामा परि सोही स्थानका २७ वर्षीय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको छ । सुनार सडकबाट खसेर सल्लाको रुखमा अड्किएका थिए। चालकसहित ८ जना सामान्य घाइते भएका छन् । चालक आकाश रसाइलीको निधार र घाटीमा चोट लागेको छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त र सामान्य छ ।
सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदासम्म जीपभित्रै रहेका यात्रुहरु बाँच्न सफल भएका छन् । जीपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ साउन २०७८, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु