काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी शनिबारसम्म एमाले विवाद वारपार लगाउनुपर्ने बताएका छन् ।
पार्टी कार्यालय थापाथली पुगेका ओलीले आगामी शनिबारसम्म वार कि पार गर्नुपर्ने बताएका हुन् । ‘म यति लचिलो छु। तर, बाहिर चाहिँ मैले पहल नगरेको भ्रम फिँजाइएको छ। अब धेरै कुर्न सकिन्न। शनिबारसम्म कि वार कि पार गरौँ ।’
अध्यक्ष ओलीको उक्त भनाइपछि वार्तामा संलग्न संस्थापन पक्षीय नेताहरु सहमतिका लागि सक्रिय भएका छन्। उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले वरिष्ठ नेता माधव नेपाल पक्षीय उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई फोन गरी अध्यक्ष ओलीको भनाइबारे बताएका थिए।
संस्थापन पक्षले वरिष्ठ नेता नेपाल तत्कालै नआए पनि बाँकी नेताहरुलाई पार्टीमा फर्केर सक्रिय हुन प्रस्ताव गरेको छ। ‘उहाँ आउँदै गर्नुहुन्छ। अहिले कारवाही पनि गर्नुपरेन। बाँकी साथीहरु पार्टी काममा सक्रिय हुँदै गरेर एकतालाई अघि बढाउन सकिन्छ‘, ओली समूहका एक नेताले भने। यसअघि एमाले एक बनाउन गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो। त्यसलाई ओलीले केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराइसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत