काठमाडौँ । रेशम चौधरी अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपालमा नै रहने भएका छन् । पार्टीको आधिकारिकताका लागि भएको ‘हेड काउन्ट’ मा तटस्थ बसेका चौधरीले जसपाको मूलधारमा नै रहने निर्णय गरेका हुन् ।
पार्टीको कार्यकारिणी समिति सदस्य रहेका चौधरीलाई कारवाही गर्ने वा नगर्ने बारे आज पार्टीको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा बैठकबाट नै कारागारमा रहेका चौधरीलाई फोन गरेर कता रहने भनेर सोधिएको थियो । उनले आफू जसपामै रहेको जानकारी दिए । रेशमको जवाफपछि चौधरीलाई पार्टीको कार्यकारिणी समितिमा कायम गरिएको ती सदस्यको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ साउन २०७८, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीद्वारा नागरिक उन्मुक्ति पार्टी छोडेको घोषणा
रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग