काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई केपी ओलीसँग सहमति गरेर दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न सुझाव दिएका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदले घुमाउरो पाराले सरकारमा सहभागी हुन माधव नेपाललाई आग्रह गरेका थिए ।
बुधवार नेपालले आफूलाई साथ दिएका सांसदहरूसँग सामूहिक परामर्श गरेका छन् । उनीहरूमध्ये अधिकांसले सरकारमा जान र सरकारलाई सफल पार्नेतिर माधव नेपालको ध्यानाकर्षण गराएका छन् ।
साहना प्रधान स्मृति प्रतिष्ठानको हलमा आयोजना भएको छलफलमा सहभागी सांसदहरुले कार्यदलमा रहेका माधव नेपाल पक्षबाट प्रतिनिधित्व गर्ने नेताहरुले केपी ओलीलाई सहयोग गरेको आरोप लगाएका छन् । सांसदहरूले दोस्रो तहका नेताहरूबाट माधव नेपाललाई धोखा भए पनि तेस्रो र चौथो तहका नेता कार्यकर्ताको साथ रहेको भन्दै खुट्टा नकमाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ साउन २०७८, १८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल