काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
पार्टीको शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद टुङ्गोमा नपुगेको भन्दै साउन १२ गतेदेखि शुरु हुन लागेको अधिवेशनको कार्यतालिका तत्कालका लागि स्थगन गरेको थियो । बैठकले केन्द्रीय महाधिवेशनको कार्यतालिकाका बारेमा भने केही बोलेको छैन ।
शनिबारकै बैठकमा क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन साउन १२ गते अर्थात आजसम्म पार्टी सभापति देउवालाई हस्तान्तरण गर्ने जानकारी दिएको थियो । पार्टीको सबैभन्दा तल्लो तहमा क्रियाशील सदस्यता टुङ्गो नलागेकाले कांग्रेसले तल्लो तहको अधिवेशनको मिति तत्काल तोक्न सकेको छैन ।
क्रियाशील सदस्यता टुङ्गो लागेपछि महाधिवेशनको नयाँ मितिबारे पदाधिकारी बैठकमा छलफल गरेर केन्द्रीय कार्यसमितिको बैठकमा अनुमोदनका लागि पठाइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका संशोधन, असोज १६-१९ सम्म गर्ने निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विवादमा गोकुल बाँस्कोटाको टिप्पणी : खेल खेलाडीका, जित अनाडीका
गगनले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार