काठमाडौँ । नेपाल प्रहरीले रु १३ लाख ७० हजार जरिवाना भएपछि फरार रहेका एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेका तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई आज ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ चैत ३० गतेको फैसलापछि १४ दिन कैद र बिगो बमोजिम रु १३ लाख ७० हजार जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकी गुरुङले आफ्नो सानिमा विकास बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् ।
उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेकी गुरुङलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ११ साउन २०७८, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ