कोरोना सङ्क्रमणका कारण काँग्रेस नेता घिमिरेको निधन

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १४ : १९
कोरोना सङ्क्रमणका कारण काँग्रेस नेता घिमिरेको निधन

काठमाडौं । नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ । ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत थिए। 

CG Developers Tansen Cement box

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका स्वर्गीय घिमिरेले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 

उनको निधनबाट पार्टीले एक होनहार युवा नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ । उनको निधनप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्— “नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको असामयिक निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ ।

स्वर्गीय घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

प्रतिक्रिया दिनुहोस