काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ ।
मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
मन्त्रालयका सहसचिव गंगा लोहनीले समितिमा जनाएअनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ । तीमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना औंल्याइएको छ ।
कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिका तथा खोप लगाउन नपाएका व्यक्तिहरु बढी जोखिममा पर्ने सम्भावना रहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ साउन २०७८, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
गम्भीर प्रकृतिका ६ वटा रोगको निःशुल्क उपचार
पुष महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा
नवीकरण नगरी चलाए कारबाही गर्ने भन्दै निजी अस्पताललाई मन्त्रालयको परिपत्र