निर्मला पन्त हत्या तीन वर्ष, सत्तारूढ बनेपछि समयले जवाफ माग्छ : विश्वप्रकाश शर्मा

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, ०९ : ४७
निर्मला पन्त हत्या तीन वर्ष, सत्तारूढ बनेपछि समयले जवाफ माग्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तलाई न्याय दिन ढिलाइ गर्न नहुने बताएका छन् ।

पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पूरा भएको अवसरमा प्रवक्ता शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराएका छन् । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा भनेका छन्, ‘‘प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग। हामीसँग  सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सम्माननीय शेरबहादुर देउवा र  माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस