काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–९ मा गाई काटेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन् ।
मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए । प्रक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।
त्यस्तै सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ चेप्चेवा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिलिचोङ–१ केवाडाँडाका २१ वर्षीय दिनेश राई रहेको प्रहरीले जनाएको छ । आज दिउँसो साढे २ बजे सिलिचोङ–१ स्थित स्वास्थ्यचौकीको फर्निचर बोकेर आउँदै गर्दा २१ वर्षीय राईको चेप्चेवा भिरबाट सिसुवा खोलामा खसेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०९ साउन २०७८, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ