काठमाडौँ । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संविधान बनाउनेले नै अहिले अपव्याख्या गर्न थालेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउलालाई पार्टीका तर्फबाट बधाइ दिँदै सिंहले ओलीको कार्यशैलीका कारण अहिलेको अवस्था आएको टिप्पणी गरे।
एमाले संसदीय दलको नेता सुवास नेम्वाङले देउवालाई परमादेशबाट प्रधानमन्त्री भएको र धारा ७६ (५)को अपव्याख्या भएको टिप्पणी गरेपछि उनले त्यसप्रति आपत्ति जनाए।
सिंहले भने, ‘संविधान बनाउँदाको सांसुद, जाने बुझेको विद्धवान अहिले धारा ७६ (५) मा ह्वीप लाग्दैन भन्नुहुन्छ। मलाई त अच्चम लाग्छ।’ उनले सरकारमा रहँदा आफूले न्युनतम प्रक्रिया पुरा नगर्ने एमाले बाहिरिएसँग विधि पद्धतिको कुरा गरेको भन्दै व्यंग गरे। ‘आफू सरकारमा हुँदा प्रक्रिया पुरा नगर्ने, अहिले जनादेश कि परमादेश भनेर के पाउनुहुन्छ?, सिंहले भने।
सिंहले ओलीले भनेका सबै काम पुरा गरेकाले अहिलेका प्रधानमन्त्री देउवाले केही गर्नु नपर्ने भन्दै कटाक्ष गरे। ‘ओलीजीले साढे तीन वर्षमा रेल पनि चलाइ सक्नुभो, पानीजहाज पनि चलाइ सक्नुभयो, भारत र चीनलाई पनि चुच्चे रेलले जोड्नु भएको छ, अब अहिलेका प्रधानमन्त्रीले गर्नुपर्ने केही छैन। उहाँ भाग्यमानी हुनुभएको छ, सिंहले भने।उनले देउवालाई कोरोना नियन्त्रण र भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सुझाव दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह