काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ कायम भएको हो ।
गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यस्तै आज यता चाँदीको मूल्य समेत गत बिहीबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
१७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?