काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्दै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो । शुक्रबारको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादको निकास निकाल्ने र तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने स्वकीय सचिव देउवाको भनाई छ।
सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो । महतले पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने बताए ।
काँग्रेसले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडास्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । यसका साथै नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो । पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने काँग्रेसको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ साउन २०७८, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र