काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।
माओवादीबाट यसअघि मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् । मन्त्री बन्ने तीन जनाको नाम सिफरिस गरिएको माओवादीका सांसद दिपक कोइरालाले जानकारी दिए । सांसद कोइरालाकाअनुसार अर्थ रामजी बराल, वन तथा वातावरण मन्त्रालय दीपक चर्तीमगर र कृषि मन्त्रालय चन्द्रबहादुर बुढाले सम्हाल्नेछन् ।
सबै मन्त्रीको टुंगो लगाएर शुक्रबार १ बजे मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी छ । ६० सदस्यीय प्रदेश सभामा संविधानअनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, अहिले ११ मन्त्रालय बनाउने मन्त्री खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता