दाङ । दाङमा झन्डै १० किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निसी खोलाका २१ वर्षीय सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाडका ३० वर्षीय रेमबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरूलाई पूर्व–पश्चिम राजमार्ग दाङको धान खोलामा रहेको एक होटलबाट नौ किलो नौ सय ३० ग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
हरियो रङ्गको भिर्ने झोलाभित्र सेतो प्लास्टिकले बेरेर राखेको अवस्थामा २० वटा इँटा आकारको लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ । होटलमा चरेसको कारोबार भइरहेको भन्ने सुराकी पाएपछि प्रहरीले छापा मारेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
डीएसपी मधु नेपाल पक्राउ
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ