दाङ । दाङमा झन्डै १० किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निसी खोलाका २१ वर्षीय सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाडका ३० वर्षीय रेमबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरूलाई पूर्व–पश्चिम राजमार्ग दाङको धान खोलामा रहेको एक होटलबाट नौ किलो नौ सय ३० ग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
हरियो रङ्गको भिर्ने झोलाभित्र सेतो प्लास्टिकले बेरेर राखेको अवस्थामा २० वटा इँटा आकारको लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ । होटलमा चरेसको कारोबार भइरहेको भन्ने सुराकी पाएपछि प्रहरीले छापा मारेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ