संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सोमबार इराकको राजधानी बगदादामा भएको हमलाको निन्दा गरेको छ । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदले सो हमलाको निन्दा गरेको बताइएको छ । इराकको राजधानी बगदादमा भएको सो हमलामा परी कैयौँ नागरिकको ज्यान गएको थियो ।
राजधानी बगदादामा सोमबार भएको सो आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जना मानिसको ज्यान गएको थियो ।त्यस हमलामा परेर अरु करिब ५० जनाजति नराम्ररी घाइते भएका थिए । दिउसो भएको सो हमलामा परी यहाँका निर्दोष सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।
राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्यहरुले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो हिंसात्मक घटनाको निन्दा गरेका बताइएको छ । ती सदस्यहरुले उक्त हिंसात्मक हमलामा परेर ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
त्यसैगरी उक्त हलमामा जिम्मेवार व्यक्तिहरुलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् । सोमबारको सो हिंसात्मक हमलाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ ।(सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०७ साउन २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
अमेरिका–इरानसँग असल मनसायका साथ वार्तामा बस्न राष्ट्रसंघका महासचिवको अपिल
राष्ट्रसंघद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्त्वपूर्ण कूटनीतिक उपलब्धि
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
यमनका हुथी विद्रोहीद्वारा नियन्त्रणमा लिइएका सहायता कर्मचारीलाई रिहा गरिएको राष्ट्रसंघको घोषणा