चितवन । चितवनमा गोली लागेको अवस्थामा एक युवकको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित खेत नजिकै रहेको घोलमा शंकास्पद अवस्थामा युवकको शव फेला परेको हो ।
सो स्थानको डेरी चोकबाट शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्थानियबासीले घोलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ । मृतकको सनाखत भने हुन सकेको छैन् ।
प्रहरीका अनुसार मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । तस्वीर : फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते
बालकोटमा गोली चल्यो, २ जना घाइते
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार