चितवन । चितवनमा गोली लागेको अवस्थामा एक युवकको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित खेत नजिकै रहेको घोलमा शंकास्पद अवस्थामा युवकको शव फेला परेको हो ।
सो स्थानको डेरी चोकबाट शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्थानियबासीले घोलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ । मृतकको सनाखत भने हुन सकेको छैन् ।
प्रहरीका अनुसार मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । तस्वीर : फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या