भारतमा २४ घण्टामा ४१ हजार संक्रमित थपिए, ५ सय १० संक्रमितको मृत्यु

एजेन्सी

विहीबार, ०७ साउन २०७८, ११ : १५
भारतमा २४ घण्टामा ४१ हजार संक्रमित थपिए, ५ सय १० संक्रमितको मृत्यु

काठमाडौँ ।  भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ६९७ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १२ लाख ५६ हजार ८३९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ५१० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १९ हजार २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस