काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता विवादमा निष्कर्ष दिन निर्वाचन आयोगको इजलास आज बस्दै छ । ओली सरकारमा महन्थ ठाकुर पक्ष सहभागी भएपछि जसपामा दुई धारमा विभाजन भएको थियो ।
त्यो विवाद छलफल तथा वार्ताबाट नसुल्भिएपछि विवाद आयोग सम्म पुगेको थियो । आयोगमा दुवै पक्षले निवेदन दिदैं आफु आधिकारिक भएको दाबी गरेका थिए । विवाद निरुपणका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्सीय इजलास गठन गरेको हो।
आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बहुमत हेरेर निर्णय गरिनेछ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणका आधारमा कुनै पक्षलाई आधिकारिता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत हुनेलाई मान्यता दिइने प्रावधान छ । इजलासले गत आइतबारदेखि जसपा विवादबारे सुनुवाइ गरिरहेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व