काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता विवादमा निष्कर्ष दिन निर्वाचन आयोगको इजलास आज बस्दै छ । ओली सरकारमा महन्थ ठाकुर पक्ष सहभागी भएपछि जसपामा दुई धारमा विभाजन भएको थियो ।
त्यो विवाद छलफल तथा वार्ताबाट नसुल्भिएपछि विवाद आयोग सम्म पुगेको थियो । आयोगमा दुवै पक्षले निवेदन दिदैं आफु आधिकारिक भएको दाबी गरेका थिए । विवाद निरुपणका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्सीय इजलास गठन गरेको हो।
आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बहुमत हेरेर निर्णय गरिनेछ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणका आधारमा कुनै पक्षलाई आधिकारिता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत हुनेलाई मान्यता दिइने प्रावधान छ । इजलासले गत आइतबारदेखि जसपा विवादबारे सुनुवाइ गरिरहेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै