हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धन बाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन् । शान्ति ,स्थिरता र समृद्धिको जनताको आशा बिपरित धर्मपरिबर्तन,बिदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश ब्याप्त रहेको बताए ।
आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गरे । काङ्ग्रेस कम्युनिस्ट बिच बैचारिक,चरित्रगत,नितिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले काङ्ग्रेस कम्युनिस्टको बिकल्प राप्रपा मात्र हुन सक्ने बिचार ब्यक्त गरे ।
आन्तरिक बिग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा काङ्ग्रेस कम्युनिस्टकै बैचारिक लाइनमा हिडेकोले मुकुकले बैकल्पिक शक्ति खोजिरहेको थापाको कथन थियो ।नयाँ सरकार प्रती बिश्वासको बाताबरण नभएको जनतामा चरम बितृष्णा र असन्तोष भएको उनको भनाई थियो ।
महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान संचालन गर्न थापाले जिल्लाका कार्यकर्ताहरुलाइ निर्देशन दिए । सो अबसरमा पार्टी कार्य सम्पादन समिती सदस्य राजाराम बर्तौला, केन्द्रिय सदस्य नबराज बिष्ट , जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा , सचिब सागर थापा लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ साउन २०७८, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र
पीएसओ खोसिएकोबारे राप्रपाले गर्यो सभामुखको ध्यानाकर्षण
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक