जाजरकोट । बाघको छाला बोकी हिँडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए ।
अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरीे टोलीले शङ्का लागि खानतलासी गर्दा पाँच फिट दुई इन्च लामो बाघको छाला ४ इन्च लामो नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०६ साउन २०७८, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
लागू औषधसहित पाँच जना पक्राउ
लागू औषधसहित दुई जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ