काठमाडौं । एमालेका बरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेर लगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झण्डै एक घण्टा कुराकानी भएको बुझिएको छ । नेता नेपाललाई भेटेर प्रचण्ड बाहिरिएलगत्तै जसपाका अध्यक्ष यादव नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
नेता नेपालसँगको भेटवार्तामा मन्त्रिपरिषाद विस्तारका बारेमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विस्वासको मत पाएसँगै मन्त्रिमण्डललाई विस्तार गर्ने तयारी गरिरहेका बेला गठबन्धनका नेताहरुबीच भेटवार्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता