चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले गरेका सबै निर्णयलाई चितवन जिल्ला अदालतले सदर गरेको छ । गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो । न्यायिक समितिबाट छ वटा निवेदन अदालत गएका थिए ।
महानगरपालिका न्यायिक समिति प्रमुख पार्वती शाह ठकुरीका अनुसार न्यायिक समितिले फैसला गरेका १६ मुद्दामध्ये छ वटा चित्त नबुझेर अदालत गएका थिए । उनले भने, “अदालत गएका मुद्दामा पनि हाम्रो निर्णय सदर भएको छ ।” महानगरको इजलासमा गत आवमा ३६ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आवबाट जिम्मेवारी सरी आएका आठ वटा मुद्दा रहेका थिए ।
गत आवका लागि ४४ मुद्दामध्ये यस आवलाई जिम्मेवारी सरेका २८ वटा रहेका छन् । जिम्मेवारी सरी आएका मुद्दामध्ये चार वटा मुद्दा यही सातामा फैसला हुने तयारीमा रहेको उनले जानकारी दिए । न्यायका क्षेत्रमा महानगरको न्यायिक इजलास सक्षम रहेको भन्दै उनले कोरोना कहरका कारण भएको निषेधाज्ञाले यस वर्षमा अपेक्षाकृत मुद्दा फैसला गर्न नसकिएको बताए ।
उनले भने, “जनतालाई न्याय दिलाउने विषयमा कुनै द्विविधाबिना काम गरेका छौं । जसका कारण अदालतले समेत न्यायिक समितिको निर्णयलाई हुवहु सदर गरेको छ ।” महानगरको आन्तरिक मूल्याङ्कनमा पनि न्यायिक समिति सबै समितिभन्दा अग्रस्थानमा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०५ साउन २०७८, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण