काठमाडौँ । सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ ।
हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो ।
घटनापछि फरार आरोपितहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कल्याणपुरका उमाशङ्करप्रसाद साह, इलाका प्रहरी कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान र इलाका प्रहरी भेडियाका प्रहरी नायब निरीक्षक सागिर राइनको टोलीले विशेष सुराकहरुका आधारमा आरोपितहरुलाई पक्राउ गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ साउन २०७८, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ