बेलायत । बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’ को सङ्क्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो ।
यहाँ गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएका प्राप्त समाचारमा जनाइएको छ । यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको पनि समाचारमा जनाइएको छ । साथै गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको निधन भएको छ । यो समेतगरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ ।
बेलायतमा पछिल्लो समयमा यसको संक्रमण बढेको तथ्याँकले देखाएको छ । बेलायतमा पछिल्लो समयमा ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण फैलिएको बताइएको छ । यो भेरियन्ट पहिलाको तुलनामा बढी सङ्क्रामक रहेकोले विज्ञहरुले बताएका छन् ।
बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोना भाइरसका विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ ।
बेलायतका स्वास्थ्यमन्त्रीले यो खोपको वितरणको कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन् । बेलायतमा खोप लगाउने कामलाई निकै प्राथमिकतामा राखिएको भए पनि यहाँ सङ्क्रमितहरु थपिने क्रम भने रोकिएको छैन । पछिल्ला हप्ताहरुमा मृत्यु दर भने कम भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । (सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ साउन २०७८, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित