काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद् बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन् । नेता नेपालसहित २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । यससँगै देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ र मत दिन हुँदैन भन्नेमा १ मत परेको छ ।
‘संसद्को यो निर्णयले पटक–पटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको छ,’ नेता नेपालले भने, ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भई निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ ।’ साथै उनले जनता, लोकतन्त्र र संविधानको जित भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ साउन २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव