काठमाडौं । सङ्खुवासभा प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको हत्या गरी फरार भएका भोजपुरको साल्पा सिलिच्छो गाउँपालिका–४ खाटम्मा घर भइ हाल खाँदबारी–९ बस्ने युवराज राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।
\राई कुमालको हत्यापछि फरार भएका थिए । राईलाई शनिबार चैनपुर नगरपालिका–९ पिलुवाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । राईले गत असार ३० गते दिउँसो खुकुरी प्रहार गरेर कुमालको हत्या गरेका थिए । कुमाललाई राईले घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०३ साउन २०७८, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ