काठमाडौं । सङ्खुवासभा प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको हत्या गरी फरार भएका भोजपुरको साल्पा सिलिच्छो गाउँपालिका–४ खाटम्मा घर भइ हाल खाँदबारी–९ बस्ने युवराज राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।
\राई कुमालको हत्यापछि फरार भएका थिए । राईलाई शनिबार चैनपुर नगरपालिका–९ पिलुवाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । राईले गत असार ३० गते दिउँसो खुकुरी प्रहार गरेर कुमालको हत्या गरेका थिए । कुमाललाई राईले घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०३ साउन २०७८, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ