काठमाडौँ । नेपाल प्रहरीले चोरीका २० मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले चोरीका २० मोबाइलसहित बारा निजगढका २२ वर्षीय विरस मगर, १८ वर्षीय समीर तामाङ र खोटाङ बतासेका १९ वर्षीय भीम राईलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेश बस्नेतले मोटरसाइकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोबाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेको मोबाइल लुटेर भाग्ने गरेको जानकारी दिए ।
प्रहरीले पक्राउ परेकासँग २० थान मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३१ असार २०७८, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ