काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाडी जाँचका क्रममा प्रतिबन्धित ४० किलो लागुऔषध गाँजासहित कन्टेनर र त्यसमा संलग्न एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा कन्टेनरका सहचालक नुवाकोटको बेलकोटगढी नगरपालिका– ४ का १९ वर्षीय दिपक गुरुङ रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरीतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ३०४१ नम्बरको कन्टेनरलाई प्रहरीले जाँच गर्दा सो कन्टेनरमा लुकाइछिपाइ ल्याइएको ४० किलो गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
कन्टेनर चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । प्रहरीले बरामद भएको गाँजा र कन्टेनर तथा सहचालक गुरुङलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ३० असार २०७८, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ