कोरोना अपडेट : २ हजार ९०५ जनामा संक्रमण पुष्टि , १८ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १६ : ३२
कोरोना अपडेट : २ हजार ९०५ जनामा संक्रमण पुष्टि , १८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार देशभर १८ जना संक्रमितको मृत्यु भएको छ भने १६ सय ६ संक्रमणमुक्त भएका छन्।

गत चौबीस घन्टामा ८ हजार १०८ पीसीआर तथा ४ हजार ९ सय १६ एन्टिजेन परीक्षण भएको छ। हालसम्म ३७ लाख ३० हजार ३ सय ४४ डोज खोप प्रयोग भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसमध्ये २६ लाख २१ हजार ४ सय ७६ जनाले पहिलो मात्रा लगाएका छन् भने ११ लाख ८ हजार ८ सय ६८ जनाले दोस्रो मात्रा पनि लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस