काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरबारबाट बाहिरिसकेका छन् ।
भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल भएको स्रोतले बतायो । सोमबार बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस सभापति देउवासँग छलफल गरेर मात्रै पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको थियो ।
देउवा र प्रचण्डबीच सरकारमा सहभागी हुने दल, उनीहरुले पाउने मन्त्रालय लगायतका विषय टुंगो लागेपछि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने तयारी छ ।
माओवादीले पाउने मन्त्रालय र मन्त्रीहरुको नाम टुंगो लागिसकेको छैन । माओवादीभित्र यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएकाहरुलाई नदोहोर्याउने दबाव छ ।
शेरबहादुर देउवाले आज शपथ ग्रहणसँगै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् । तर, कांग्रेसको तर्फबाट पनि मन्त्री बन्नेहरुको नाम टुंगो लागिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री कार्की र राष्ट्रसङ्घ खाद्य तथा कृषि संगठन नेपालका प्रतिनिधिबिच भेटवार्ता
मुख्यसचिव र अमेरिकी राजदूतबीच भेटवार्ता
ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच भेटवार्ता
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
भारतका पूर्व उपराष्ट्रपतिसँग रास्वपा सांसदद्वय गौतम र ढकालको भेटवार्ता
सभामुख घिमिरे र रास्वपाका कार्यवाहक सभापतिबिच भेटवार्ता